मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा
१९ आश्विन २०७८, मंगलवार १०:३२
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको असोज १८ गते बसकेको संचालक समितिको ११७ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट २० प्रतिशतले हुन आउने २० करोड र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख रुपैयाँ गरी कुल २१.०६ प्रतिशत लाभांश वितरण गर्न निर्णय गरेको हो ।
उक्त प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।