न्यादी हाईड्रोपावरको आईपिओमा आज अपरान्ह ५ बजेसम्म मात्रै आवेदन दिन पाइने
कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने समय आज अपरान्ह ३ः०० बजेसम्म बैंकमार्फत र मेरो शेयरमार्पmत अपरान्ह ५ः००० बजेसम्म आवेदन दिन पाइनेछ । न्यादी हाईड्रोपावर कम्पनीले यही असोज १५ गतेदेखि १९ गतेसम्म आवेदन दिन पाउने गरी आईपिओ निष्काशन गरेको थियो ।
न्यादी हाईड्रोपावरको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार निष्काशनमा ल्याएको कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले पाउने छन् । सो मध्ये अत्याधिक मात्रामा आवेदन परेकोले अब गोलाप्रथाबाट बाँडफाँड हुँदा जम्मा दुई लाख नौ हजार २५० जनाले १० कित्ताको दरले शेयर पाउनेछन् भने बाँकीको हात खाली हुनेछ ।
सो आईपिओमा आवेदन भर्न चाहने लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आज साँझ बैंकिङ समय तथा अपरान्ह ५ बजेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन भर्न पाइनेछ । त्यसको लागि आफूले लिन कबूल गरेको रकम बैंकमा मौज्दात भने हुनुपर्नेछ ।