फेसबुक, इन्टाग्राम ह्वाट्स एपको सर्भर डाउन, विश्वभरका झण्डै तीन अर्ब मानिस प्रभावित

१९ आश्विन २०७८, मंगलवार ००:०१

काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । फेसबुकसँगै इन्टाग्राम र ह्वाट्स एपको समेत सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ । नेपालमा समेत फेसबुक नखुलेको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकले आधिकारिक रुपमा रुपमा सर्भर डाउन भएको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । साथै उसले कारण खोलेको छैन । तीन वटा समाजिक सञ्जाल सोमबार मध्यरातबाट प्रभावित भएपछि विश्वभर हंगामा मच्चिएको छ । मानिसहरुले सामाजिक सञ्जालहरुमा सन्देश आदान प्रदानको प्रयास गरिरहेको भएपनि असफल भइरहेको प्रतिक्रिया ट्वीटरमा जनाएका छन् ।

न्यूज १८ का अनुसार यसअघिको सोनी लाइभकै शैलीमा फेसबुक सहितका सामाजिक सञ्जालहरु ह्याक भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । यद्यपि फेसबुकले हालसम्म औचापरिक जानकारी सार्वजनिक नगरेकोले के भएको हो भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

विश्वभरमा मानिसहरुले फेसबुकसहितका इन्टाग्राम र ह्वाट्स एप पुनः खुल्छ कि खुल्दैन भन्दै चासो र चिन्ता व्यक्त गरिरहेका छन् । यद्यपि पुनः नखुल्ने गरी बन्द भएको नभई केही समय अर्थात अस्थायी रुपमा बन्द भएकोले पुनः सुचारु हुने विश्वास गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*