नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । आज बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
योसँगै शेयरधनीले असार मसान्तसम्म कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश करसहित पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश सेयरधनीले पाउने भएका छन् ।सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ।व। २०७७र०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित गरेको छ ।