थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु

१८ आश्विन २०७८, सोमबार १७:५४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ हजार ८९३ जनामा पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ जनामा एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मूत्यु भएको छ भने १ हजार जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*