दमकका रोहित दाहालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार

१८ आश्विन २०७८, सोमबार १७:०८

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।यसैक्रममा दमक – ०९, झापा निवासी इन्दिरा दाहालले आफ्नो श्रीमान रोहित कुमार दाहालको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको आइएमई लाइफको धनवर्धन जिवन बिमा पोलिसी प्रदान गरेका छन् ।

उक्त पोलिसी आइएमई लाइफ एक नम्बर सहायक प्रदेश प्रमुख ओम प्रकाश राई दमक शाखा प्रमुख देवेन्द्र कोइराला लगायत अन्य अभिकर्ताहरुको उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो ।

निज रोहित कुमार दाहालले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमतिलाई धन्यवाद दिएका थिए । साथै आइएमई लाइफमा जिबन बिमा गर्न अरुलाई प्रेरित गर्ने शाखा प्रमुख देवेन्द्र कोईराला लाई बचन समेत दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*