भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

१८ आश्विन २०७८, सोमबार १५:४१

काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ।

गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा सुधार देखिएपनि भदौ महिनामा भने अधिंकाश कम्पनीको बीमा व्यवसाय घट्न पुगेको छ । भदौ मसान्तसम्ममा १९ मध्ये १३ जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट आएको छ। भने बाँकि ६ कम्पनीको बीमा व्यवसायमा सामान्य सुधार देखिएको तथ्याङ्कले देखाएको छ।
दुई महिनाको अवधिसम्मा २० निर्जिवन बीमा कम्पनीमध्ये १३ कम्पनीको बीमा व्यवसायमा गिरावट आएको छ । भने बाँकि ७ कम्पनीको बीमा व्यसायमा भने सामान्य सुधार देखिएको छ ।

जीवन बींमक संघका अध्यक्ष निर्मल कार्जी श्रेष्ठले अघिल्लो आर्थिक बर्षहरुमा पनि विजनेसमा साउनको तुलनामा गिरावट देखिदै आएको कुरा बीमा पोष्टलाई व्यक्त गरे । उनले भने, “बैंकहरुको क्राईसिस, चाडपर्वको आगमन र बीमा कम्पनीहरुको प्रि–पालिङको कारण यसमा केहि गिरावट देखिएको हो । ” असार मसान्तसम्मको इफोर्टको कारण साउनमा व्यवसायमा सुधार देखिएको कारण भदौमा विजनेस घटेको देखिएको उनले बताए ।

जीवन बीमा कम्पनीको बीमा व्यवसाय ४३ प्रतिशतले घट्यो

बीमा समितिले उपल्बध तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय दुई महिनाको अवधिमा घटेको छ । साउन महिनाको तुलनामा कम्पनीहरुको बीमाशुल्क आर्जन ४३ दशमलव ७ प्रतिशतले घटेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह छाएको जीवन बीमा कम्पनीहरुको व्यवासय दोस्रो महिनामा ४३ प्रतिशतले घटेपछि यसले सिंगो जीवन बीमा व्यवसाय तरंगित हुन पुगेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानको घटेको छ । संस्थानको तथ्याङ्क घट्ने प्रक्रिया नियमित नै हो । किनभने संस्थानले वर्षदिनमा साउन महिनामा मात्रै तीन अर्बभन्दा बढि बीमा शुल्क संकलन गरेपछि अन्य महिनामा खासै व्यवसाय गरेको पाइदैन ।

अन्य नाम चलेका कम्पनीहरुको समेत व्यवसाय खस्किएको छ । सबैभन्दा ठूलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै पनि व्यवसाय घटेको छ । अभिकर्ता आन्दोलित हुँदा नेपाल लाइफको व्यवसाय प्रभावित भएको हो । साउन महिनाको तुलनामा भदौं महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आम्दानी ६७ प्रतिशतले घटेको छ । उता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय २० प्रतिशतले घटेको छ । उच्च अंकले घट्नेहरुमा गुराँस लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सूर्या लाइफको बीमा शुल्क आम्दानी उच्च अंकले घटेको छ ।

नेपालकै दोस्रो ठूलो कम्पनी एलआईसी नेपालको बीमा व्यवसायले भने छलाङ मारेको छ । त्यस्तै भदौं महिनामा बीमा शुल्क आम्दानी बृद्धि गर्न सफल हुने अन्य कम्पनीहरुमा सानिमा लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ लगायतका कम्पनीहरु रहेका छन् ।

निर्जिवन बीमाको व्यवसाय १५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय पनि घटेको छ । बीमापोष्टलाई प्राप्त मासिक बीमा शुल्क आम्दानी सम्बन्धी तथ्याङ्कमा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय १५.५४ प्रतिशतले गिरावट आएको छ । प्राप्त तथ्याङ्क अनुसार चार वटा बीमा कम्पनीको मात्रै चालु आवको दोस्रो महिनामा जीवन बीमा व्यवसाय बृद्धि भएको हो । तीन वटा बीमा कम्पनीको समान छ भने १३ वटा बीमा कम्पनीको व्यवसाय उच्च अंकले घटेको छ ।

सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको घटेको छ भने सबैभन्दा थोरै नेशनल इन्स्योरेन्स कम्पनीको घटेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको समान १० प्रतिशतले घटेको छ भने भारतीय कम्पनी दि ओरियन्टल कम्पनीको कूल बीमा शुल्क आम्दानी त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीको ४१ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीको ३६ प्रतिशत जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ३० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २२ प्रतिशत र अजोड इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी साउन महिनाको तुलनामा भदौं महिनामा २० प्रतिशत घटेको छ ।

चालु आवको दोस्रो महिनामा साउन महिनाको तुलनामा भदौं महिनाको कूल बीमा शुल्क आम्दानी चार वटा कम्पनीको भने बृद्धि भएको तथ्याङ्कले देखाएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ९ प्रतिशतले बृद्धि हुँदा शिखर इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत र प्रभु इन्स्योरेन्स कम्पनीको २० प्रतिशत व्यवसाय बृद्धि भएको छ ।तीन वटा कम्पनीको कूल बीमा शुल्क आम्दानी साउन र भदौं महिनामा समान देखिएका छन् । नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साउन महिनाकै समान कूल बीमा शुल्क आम्दानी गरेका छन् ।चालु आवको दुई महिनामा २० वटा निर्जिवन बीमा कम्पनीहरुले कूल छ अर्ब ३८ करोड कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । सो मध्ये साउन महिनामा तीन अर्ब ४२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्दा भदौं महिनासम्म आइपुग्दा घटेर दुई अर्ब ९६ करोडमा सीमित हुन पुगेको छ ।

बीमा समितिले चेकमार्फत बीमा पोलिसी जारी गर्न नपाइने तथा खाता रकम जम्मा भएको एकिन भएपछि मात्रै बीमा पोलिसी जारी गर्न पाइने अव्यवहारिक नीतिका कारण निर्जिवन बीमा व्यवसाय खुम्चिएको चर्चा बीमा व्यवसायमा चलिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*