युनाइटेड मोदी सहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१८ आश्विन २०७८, सोमबार १५:१०

काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से ६ दशमलव ६८ अंकले घट्दा कारोबार समेत खुम्चिएको छ । पछिल्लो समय नेप्सेमा काराबोर खुम्चिँदै गइरहेको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा यूनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन १२ करोड १२ लाख १६ हजार ७७४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल बैंक लिमिटेडको ११ करोड ३५ लाख, हिमालयन डिस्टिलरीको १० करोड २९ लाख, नेशनल हाइड्रोपावरको ९ करोड ५४ लाख र रैराङ हाइड्रोपावरको ९ करोड २२ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*