माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

१८ आश्विन २०७८, सोमबार १३:४६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने २१ प्रतिशत क्यासब्याक अफरको अवधि आजदेखि सकिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँ सम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ ।

त्यस्तै डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकलाई बैंकले धन्यवाद दिँदै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*