आशा लघुवित्तले शेयरधनीलाई २६.३१% लाभांश वितरण गर्ने

१८ आश्विन २०७८, सोमबार १०:५५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९४ औं बैठकको निर्णयअुनसार आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४ प्रतिशत गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सोही प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*