फक्सवागनकाे नयाँ टाइगुन सार्वजनिक, न्यूनतम् मूल्य ५० लाख

१७ आश्विन २०७८, आईतवार १९:४३

काठमाडाैं । पुजा इन्टरनेशनलले जर्मनी अटाे कम्पनी फक्सवागन  एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेकाे छ ।  नेपालका लागि जर्मनीका राजदूत डा. थाेमस प्रिन्ज र पुजा इन्टरनेशनलका सिइयाे विवेक बिजुक्छेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

नेपालका लागि जर्मनी राजदूत डा. प्रिन्जले आफू सन १९७८ देखि फक्सवागनकाे गाडी प्रयाेग गर्दै आएकाे चर्चा गर्दै नेपालमा उक्त गाडीले विश्वास जित्ने बताए।

फक्सवागन टाइगुन १००० सिसि टर्वाे इन्जिन जडित भएकाे र यसले ११४ हर्स पावर १७८ ईनएम टर्क शक्ति उत्पादन गर्ने कम्पनिले जनाएकाे छ । ५० लाख ९० हजार देखि ६९ लाख ९० हजार सम्म मुल्य पर्ने टाइगुन अत्याधुनिक सुविधा र सुरक्षा बिशेषता जडित छ ।

फक्सवागन टाइगुनमा ४० भन्दा बढि सेफ्टी फिचर्स रहेकाे पुजा इन्टरनेशलका सइओ विवेक बिजुक्छेले जानकारी दिए । कम्पनीले पहिलाे १०० जना ग्राहकलाई निःशुल्क एसेसरिज र नगद छुटकाे व्यवस्था गरेकाे जनाएकाे छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*