स्वभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

१७ आश्विन २०७८, आईतवार १७:१९

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३२.३० प्रतिशत बोनस शेयर र १.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*