१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

१७ आश्विन २०७८, आईतवार १३:३४

काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो ।

सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले लाभांश प्रयोजनको लागि असाज ७ गते बुकक्लोज गरेको थियो । जसअनुसार असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*