कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव योजना सार्वजनिक, यस्ता छन् सुविधा

१७ आश्विन २०७८, आईतवार १३:१२

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उत्सवललाई महाउत्सव बनाउने अफर सार्वजनिक गरेको छ । पूजी बजारमा लगानीकर्ताहरुको हितग्राहिमा पहुच पुराउने हितले यो योजना सार्वजनिक गरेको हो ।पुजी बजार भन्दा बाहिर रहेका लगानीकर्ताहरुलाई डिम्याट खाता पहुचमा पुराउने हितले क्यापिटलमा नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । यस्तो खाता क्यापिटलको ववेसाइट बाट अनलाईन मार्फत, बैंकका २०० भन्दा बढी शाखा कार्यालयबाट र कुमारी क्यापिटल लिमिटेडबाट निःशुल्क डिम्याट खाता खोल्न सकिनेछ ।

त्यस्तै, क्यापिटलले निःशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट र भौतिक शेयरहरुलाई तुरुन्त डिम्याट खातामा ल्याउने ब्यवस्था रहेको क्यापिटलले जानकारी दिएको छ ।यो योजना कात्तिक २४ गतेसम्म लागू हुने क्यापिटले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*