प्रभु क्यापिटलको साधारणसभा सम्पन्न, १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी
१७ आश्विन २०७८, आईतवार १३:००
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।
यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।