लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने

१७ आश्विन २०७८, आईतवार ११:४४

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

संचालक समितिले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*