मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, को को बन्दैछन् मन्त्री ?

१७ आश्विन २०७८, आईतवार ११:३९

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मौजुदा मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । हाल चार जनाको मन्त्रिपरिषदलाई विस्तार गरी कम्तीमा २४ जनाको मन्त्रिमण्डल बनाउन लागिएको बालुवाटार निकट स्रोतले जनाएको छ । आज विहानैदेखि बालुवाटारमा सत्ता घटकहरुको संयुक्त कार्यदलको बैठक बसिरहेको छ । सो कार्यदलले मन्त्रिपरिषद विस्तार सम्बन्धी निर्णय गर्ने जनाइएको छ ।

बीमापोष्टलाई प्राप्त जानकारी अनुसार माओवादी एमाले समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको अन्तिम सूचि तयार पार्ने काम भइरहेको छ । जनता समाजवादी पार्टीले समेत आज साँझसम्ममा अन्तिम नामावली टुंग्याउने जनाइएको छ ।

को को बन्दैछन् मन्त्री ?
हालसम्म छलफल भई टुंगिए अनुसार माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विसंखे र महेश्वर गहतराजको नाम लगभग निश्चित भएको छ ।

एमाले समाजवादी (माधव नेपाल) को तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री र मेटमणि चौधरी मन्त्री बन्ने लगभग निश्चित भइसकेको छ । सो बाहेक भवानी खापुङ, कल्याणी खड्का, प्रेम आले, शेयर बहादुर कुँवर, किसान कुमार श्रेष्ठ, जीवनराम श्रेष्ठ मध्येबाट दुई जना मन्त्री बनाइनेछ ।

उता, जसपाबाट मोहम्मद इस्तियाक राई, महेन्द्र यादव, रेणु कुमारी यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु मन्त्री बन्ने तयारी भइरहेको छ । नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नेहरुको अन्तिम नामावली तयार हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*