एक्सेल डेभलपमेन्ट बैंकको लेखापरीक्षक र संचालक नियुक्त

१७ आश्विन २०७८, आईतवार ११:०८

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा १५ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षक नियुक्त गरेको जनाएको हो ।

कम्पनीको सिद्धार्थ होटल विर्तामोड, झापामा असोज १६ गते सम्पन्न भएको आर्थिक वर्ष २०७६।०७७ को पन्ध्रौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ का लागि एफ.सि.ए. विनोद फुयाल, पार्टनर, पि.वि.के.पि. एण्ड एशोसियट्स, चार्टड एकाउण्टेन्ट्स, सोह्रखुट्टे, काठमाण्डौंलार्ई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

त्यस्तै, सोही सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेललाई संचालक पदमा नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*