४० प्रतिशत लाभांश पारित गर्न सनराइज क्यापिटलले डाक्यो सभा

१७ आश्विन २०७८, आईतवार १०:५९

काठमाडौं । सनराइज क्यापिटलको ११ औ बार्र्षिक साधारण सभा कात्र्तिक १२ गतेका लागि तय भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा दिउसो २ बजे हुने भएको हो ।

असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश प्रस्ताव पारित गर्न क्यापिटलले कात्तिक १२ गते सभा डाकेको हो ।

त्यस्तै, उक्त साधारण सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*