सानिमा माई हाइड्रोपावरको लाभांश सुरुक्षित गर्ने आज अन्तिम दिन

१७ आश्विन २०७८, आईतवार १०:५६

काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीको लाभांश सुरुक्षित गर्ने आज (असोज १७ गत) अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गर्ने भएकाले असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो । उक्त लाभाशं पारितका लागि कम्पनीले कात्तिक ११ गते बिहान ११ बजे काठमाडौंको सेलिब्रेसन हाईट सुकेधारामा जुम मार्फत साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*