सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१५ आश्विन २०७८, शुक्रबार २१:११

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३ लाख ४३ हजार २ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

उनले कम्पनीमा १५ वर्षे अवधिको बीमा योजना खरिद गरेकी थिइन् । उनले ३ वार्षिक किस्ता समेत बुझाएकी थिइन् । उक्त रकम धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशीले दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*