बीमा समितिको अव्यवहारिक नीतिको सिकार बन्दै निर्जिवन बीमा व्यवसाय

भदौं महिनामा बीमा शुल्क आम्दानी घट्यो, बैंक खातामा जम्मा भएपछि बीमा पोलिसी जारी गर्ने समस्यामा रुमल्लियो नन लाइफ
१६ आश्विन २०७८, शनिबार १०:१३

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय पनि घटेको छ । बीमापोष्टलाई प्राप्त मासिक बीमा शुल्क आम्दानी सम्बन्धी तथ्याङ्कमा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय १५.५४ प्रतिशतले गिरावट आएको छ । प्राप्त तथ्याङ्क अनुसार चार वटा बीमा कम्पनीको मात्रै चालु आवको दोस्रो महिनामा जीवन बीमा व्यवसाय बृद्धि भएको हो । तीन वटा बीमा कम्पनीको समान छ भने १३ वटा बीमा कम्पनीको व्यवसाय उच्च अंकले घटेको छ ।

सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको घटेको छ भने सबैभन्दा थोरै नेशनल इन्स्योरेन्स कम्पनीको घटेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको समान १० प्रतिशतले घटेको छ भने भारतीय कम्पनी दि ओरियन्टल कम्पनीको कूल बीमा शुल्क आम्दानी त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीको ४१ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीको ३६ प्रतिशत जनरल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ प्रतिशतले घटेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ३० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २२ प्रतिशत र अजोड इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी साउन महिनाको तुलनामा भदौं महिनामा २० प्रतिशत घटेको छ ।

चालु आवको दोस्रो महिनामा साउन महिनाको तुलनामा भदौं महिनाको कूल बीमा शुल्क आम्दानी चार वटा कम्पनीको भने बृद्धि भएको तथ्याङ्कले देखाएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय ९ प्रतिशतले बृद्धि हुँदा शिखर इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत र प्रभु इन्स्योरेन्स कम्पनीको २० प्रतिशत व्यवसाय बृद्धि भएको छ ।

तीन वटा कम्पनीको कूल बीमा शुल्क आम्दानी साउन र भदौं महिनामा समान देखिएका छन् । नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साउन महिनाकै समान कूल बीमा शुल्क आम्दानी गरेका छन् ।चालु आवको दुई महिनामा २० वटा निर्जिवन बीमा कम्पनीहरुले कूल छ अर्ब ३८ करोड कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । सो मध्ये साउन महिनामा तीन अर्ब ४२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्दा भदौं महिनासम्म आइपुग्दा घटेर दुई अर्ब ९६ करोडमा सीमित हुन पुगेको छ ।

बीमा समितिले चेकमार्फत बीमा पोलिसी जारी गर्न नपाइने तथा खाता रकम जम्मा भएको एकिन भएपछि मात्रै बीमा पोलिसी जारी गर्न पाइने अव्यवहारिक नीतिका कारण निर्जिवन बीमा व्यवसाय खुम्चिएको चर्चा बीमा व्यवसायमा चलिरहेको छ ।

One thought on “बीमा समितिको अव्यवहारिक नीतिको सिकार बन्दै निर्जिवन बीमा व्यवसाय

  1. Truly says:

    NLG, NECO, NEPAL इन्स्योरेन्सको कुरा नगरौं कसैले । यिनीहरू हात्ती जस्तै २ ओटा दाँत छन् । एउटा देखाउने एउटा चपाउने । LEDGER पनि २ ओटा BALANCE SHEET पनि २ ओटा । अझ NLG ले त २०७४, २०७५, २०७६ सालको LEDGER पल्टाई पल्टाई कमाई खाइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*