न्यादी हाईड्रोपावरको आइपीआमा पहिलो दिनमै ३ लाख ९० हजारको आवेदन

१५ आश्विन २०७८, शुक्रबार १७:०३

काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको पहिलो दिनमै ३ लाख ९० हजार ३ सय ७५ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा ५० लाख ७१ हजार ६ सय ४० कित्ताको आइपीओमा ५० करोड ७१ लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन दिएका छन् ।सर्वसाधारणका लागि निष्काशन गरिएको उक्त प्राथमिक शेयर (आईपीओ) मा अजोज १९ गतेसम्म आवेदन दिन पाइने छ ।

कम्पनीले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपिओ मध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले पाउनेछन् ।

न्यादी हाईड्रोपावरको आईपिओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लाबल आईएमई क्यापिटलले जनाएको छ ।सो आईपिओ मेरो शेयर, एनईआसी एसिया बैंकको मोबाईल एप र सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट सजिलै आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*