सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ घट्यो

१५ आश्विन २०७८, शुक्रबार १६:००

काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फन्डले भदौ मसान्तसम्मको कम्पनीकगत लगानी घटेको हो । कम्पनीको शेयरमा अघिल्लो महिना भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाले घटेर ८१ करोड ६० लाख रुपैया लगानी गरेको छ । अघिल्लो महिनामा भने फन्डले सूचीकृत सेयरमा ८५ करोड २२ लाख रुपैया लगानी गरेको थियो ।

भदौ मसान्तसम्मको अवधिमा फन्डले ५४ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेकोमा सबैभन्दा धेरै लगानी नबिल बैंकको शेयरमा रहेको छ । फन्डमा नबिलको ५५ हजार ९९६ कित्ता शेयरमा ७ करोड ९७ लाख ६६ हजार ३०२ रुपैया लगानी रहेको छ ।

भदौ समान्तसम्म आउदा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) भने घटेको छ । भदौ मसान्तसम्म यसको प्रतिइकाई खुद मूल्य (न्याभ) ५ रुपैया ८६ पैसाले घटेर १४ रुपैया ६२ पैसा पुगेको छ । साउनमा यसको न्याभ २० रुपैया ४८ पैसा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*