विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

१५ आश्विन २०७८, शुक्रबार १५:००

काछमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको युवा संग ( महालक्ष्मी लाइफ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्नु भएको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए ।

प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरियो ।

त्यसै गरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि ूयुवा संग ( महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका थिएm ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*