एकचुरी भ्यालुएन स्वीकृती भएसँगै पाँच कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

१५ आश्विन २०७८, शुक्रबार १३:४४

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् ।

बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् । प्राइम लाइफ, ज्योति लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स र मेट लाइफले आर्थिक वर्ष २०७६/२०७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।

हरेक वर्षको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस प्रदान गरिन्छ। बीमा परिपक्व भए पछि बीमितिले एकमुष्ठ रुपमा पाउनेछन् । प्रत्येक वर्षको बोनसदर र सोहि वर्षमा भुक्तानी गरेको प्रिमियमका आधारमा बीमितले प्राप्त गर्ने बोनस रकम निकालिन्छ। जति धेरै बोनसदर हुन्छ बीमितले त्यतिनै बढि सुविधा लिन सक्छन्।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर निधारण गरेको छ ।

त्यस्तै , कम्पनीले अग्रिम भुक्तानी बीमालेख (थ्री पेमेन्ट प्लान) कम्पनीले न्यूनतम प्रति हजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइफ लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ।
कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६/७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ बोनसदर घोषणा गरेको छ ।समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको पाँच दिनमै नयाँ बोनसदर घोषणा गर्न सफल भएको छ ।

कम्पनीले न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गरेका छन् ।

कम्पनीले सर्वाधिक बीमालेखमा न्यूनतम ३० देखि अधिकतम ६०, सर्वाधिक तथा आजीवनमा ३० देखि ४५ रुपैयाँसम्म, अग्रीम भुक्तानीमा ४१ देखि ४५ रुपैयाँ सम्म, बार्षिक अग्रीम भुक्तानी, मुद्धती नियमित शुल्कमा २४ रुपैयाँ र बार्षिक अग्रीम भुक्तानी, मुद्धती एकल बीमा शुल्कमा ५४ रुपैयाँ र सबैभन्दा कम सामूहिक १९ रुपैयाँ बोनसदर निधारण गरेको छ ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्सले न्यूनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार कम्पनीले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ । यस्तै, कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

महालक्ष्मी लाइफ

बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६/७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निधारण गरिएको छ।यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधि अनुसार बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*