सुन भाउ तोलामा ९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१५ आश्विन २०७८, शुक्रबार १२:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैेया र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयामा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य ८८ हजार ७ सय रुपैया रहेको थियो भने तेजावी सुनको मूल्य ८८ हजार २५० रुपैयामा कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार १२० रुपैयामा कारोबार भएको चादी आज भने २० रुपैयाले बढेर १ हजार १४० रुपैयामा कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*