करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति

१५ आश्विन २०७८, शुक्रबार १२:१९

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ बढीको आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ । बोर्डले अनुमति दिएमा लघुवित्तले १०० रुपैयाँ अंकित दरमा कुल ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*