कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१५ आश्विन २०७८, शुक्रबार १०:५५

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो ।

बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र बेद प्रकाश उप्रेतीको २ लाख ३८ हजार ६४० कित्ता शेयर बिक्रीका लागि बढाबढ मूल्यमा संस्थापक शेयरलगानीकर्ता मध्येबाट बिक्री गर्न सूचना आह्वान गरेको छ ।

उक्तशेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रंकाशितभएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*