नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

१५ आश्विन २०७८, शुक्रबार १०:४८

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक कागजात खुलाई निवेदन पेश गर्न कम्पनीले आह्वान गरेको छ । उक्त शेयरमा आवेदन दिने संस्थापक शेयरधनी मध्ये बढाबढ मूल्यका आधारमा सो शेयर वितरण गरिने कम्पनीले जनाएको छ ।

साथैं, तोकिएको अवधिभित्र कुनै पनिआवेदननपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ती तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*