बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा ३५ गुणा बढीको आवेदन

१४ आश्विन २०७८, बिहीबार १८:५९

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको अन्तिम दिनसम्म ३५ गुणा बढीको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६ गुणा बढी हो । अन्तिम तथ्याङ्क भने आँउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*