रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

१४ आश्विन २०७८, बिहीबार १७:४८

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना मार्फत सात वटा शाखाका लागि शाखा प्रमुखको माग गरेको हो ।
कम्पनीले प्रदेश १ को रंगेली, चैनपुर र उर्लाबारी प्रदेश २ को जलेश्वर र लालबन्दी बागमति प्रदेशको चरिकोट र लुम्बिनी प्रदेशको रोल्पा शाखा कार्यालयका लागि शाखा प्रमुखको माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण भएको हुनुपर्ने छ ।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त क्षेत्रमा अनुभव बटुलेको ब्यक्तिलाई बिशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ७ दिन भित्र कम्पनीको वइब साइटमा पठाउन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*