रिडी हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश वितरण गर्ने

१४ आश्विन २०७८, बिहीबार १७:२३

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिको असोज १४ गते बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट चुक्तापूँजीको १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कात्तिक १२ गते कम्पनीको २० औं साधारण सभाबाट अनुमोदन भएपश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*