कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१४ आश्विन २०७८, बिहीबार १५:२४

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ ।

बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक १.२२ प्रतिशतल घट्दा कारोबार समेत खुम्चिएको छ । आज सर्वाधिक काराबार हुने कम्पनीका नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको एकैदिन १२ करोड ७७ हजार ७८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको १० करोड ८३ लाख, मेगा बैंकको १० करोड, हिमालयन डिस्टिलरीको ९८ लाख र नेपाल पुर्नबीमा कम्पनीको ९४ लाख भन्दा माथिको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*