नेप्सेमा ३२ अंकको गिरावट आउँदा ३ अर्बमा कारोबार सिमित, नेपाल बैंकको सर्वाधिक

१४ आश्विन २०७८, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । सोही अंकले घटेर आज २६३३.४२ विन्दुमा कायम भएको छ ।

बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज व्यापार समूह, अन्य समूह र म्युचुअल फण्ड समूहमा मात्र हरियाली छाएको छ ।

त्यस्तै नेप्सेमा जम्मा ३ अर्बको मात्र कारोबार सिमित हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंको एकैदिन १२ करोड माथिको कारोबार भएको हो । त्यस्तै, नेपाल फाइनान्स लिमिटेड, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*