सानिमा बैंकले ल्यायो ‘दशैं अफर’, रेमिट्यान्स मुद्दती खातामा १०.५१% मासिक ब्याजदर

१४ आश्विन २०७८, बिहीबार १४:२९

काठमाडौंं । सानिमा बैंकले नजिकिदै गएको दशैंकोका लागि बिशेष बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा पाउने योजना सार्वजनिक गरेको हो ।

विदेशबाट पठाएको रकम एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइरहेको छ ।

त्यस्तैै, बैेंकले बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङता भएमा १० लाख सम्मको दुर्घटना बीमा , ३ लाख बराबरको घातक रोग बीमा, ५० हजार बराबरको मेडिकल बीमा लगायतका सेवा ग्राहकहरुलाई प्रदान गरिने बैैंकले जनाएको छ ।

साथै, बैंक खाता खोल्दा पहिलो बर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट खाता र इन्टरनेट बैंकिङ निःशुल्क प्रदान गरिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*