पर्फेक्ट फुड्सको स्नोडेन्ट चुइङगममा सन्दिप लामिछाने अनुबन्धित

१४ आश्विन २०७८, बिहीबार १३:२९

काठमाडौं । पर्फेक्ट फुड्स प्रा. लि.ले आफ्ना उत्कृष्ट उत्पादन स्नोडेन्ट चुइङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । क्रिकेटर लामिछानेले अब स्नोडेन्ट चुइङगमको विज्ञापन र प्रचारप्रसार गर्नेछन् ।

कम्पनीका अनुसार स्नोडेन्ट चुइङगम रिफ्रेसिङ मिन्टले भएिको गम हो । यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्नोडेन्ट इन ब्याड ब्रिथ आउट’ भन्ने श्लोगन दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो आत्मविश्वास बढाउनको लागि स्नोडेन्ट चुइङगम पर्फेक्ट छ भन्ने कुरा कम्पनी जनाएको छ ।

मिन्ट तथा मौसमी फ्लेबरमा भएको उक्त चुइङगम लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा पर्फेक्ट फुडका ब्लास्ट, सेन्टर फ्जिल, स्नोडेन्ट, क्यान्डि बी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भईसकेका छन् ।

मिन्टको रिफ्रेसिङ फ्लेबरले मलाई क्रिकेट खेल्दा वा प्राक्टिस गर्दा रिफ्रेस बनाइराख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ सन्दिप लामिछानेले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*