आइपीओ निष्काशनको तयारीमा रहेको इमर्जिङ नेपालको डाक्यो सभा, के–के छन् एजेण्डा ?

१४ आश्विन २०७८, बिहीबार ११:४४

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैंठकले सभा कात्र्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउसो ३ः३० बजे आह्वान गरेको हो ।

उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालु आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको बिषयमा र कम्पनीको प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन गर्ने समेत सभाको तय गरिएको हो ।

कम्पनी प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*