सुन तोलामा २ सयले घट्यो, प्रतितोला कति ?

१४ आश्विन २०७८, बिहीबार ११:१५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैया र तेजावी सुनको मूल्य ८८ हजार २५० रुपैयामा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ८८ हजार ५० रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार १५५ रुपैयामा कारोबार भएको चाँदी आज भने ३५ रुपैयाले घटेर १ हजार १२० रुपैया कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*