सिभिल लघुवित्तको २०% लाभांश घोषणा

१४ आश्विन २०७८, बिहीबार १०:४६

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई विरतण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*