गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट
१३ आश्विन २०७८, बुधबार २१:५३
काठमाडौं । गरिमा विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट पाउने भएका छन् ।
बैकका ग्राहकहरुलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिने गरी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशत छुट पाउने छन् ।
बैंकका ग्राहकहरुले अब हेयर ट्रान्सप्लान्टसमा २५ देखि ४० प्रतिशत सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत, डेन्टलल ट्रिटमेन्टमा २० प्रतिशत छुट पाउने भएका छन् ।