महिलाको चरित्रहत्या गर्ने ४ वटा युट्युब च्यानल पक्राउ

१३ आश्विन २०७८, बुधबार २०:४३

काठमाडौ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने ४ जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटी काठमाडौले एक सूचना जारि गर्दै यस्तो जनाएको हो ।

प्रहरिले दैनिक खबर युट्युब च्यानलका संचालक प्रदिप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका शिशिर अधिकारि, सरैचुलि मिडिया युट्युब च्यानलका पिंकला कार्की र मोडर्न अनलाइन टिभि युट्युब च्यानलका रोधन तामाङलाई महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा विवरण प्रसारण गरेकोमा कारवाहि गरेको हो ।

सो ब्यक्ति तथा च्यानलहरुले इज्जत प्रतिष्ठामा आंच पुर्याउने खालका सामाग्री प्रसारण गरेकोमा असोज १३ गते पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता एवम सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।





पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*