उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सहयोग अभिबृद्धि सम्बन्धी सम्झौता

१३ आश्विन २०७८, बुधबार १८:२०

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच आपसी सहकार्य बिस्तार सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा थापाथली परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।

समझदारी पश्चात दुबै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसंग आपसी सहकार्य गर्नछन् । अब परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ भने दुबै संस्थाका प्रदेश एव जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्ने समेत समझदारीपत्रमा उल्लेख छ ।

यस समझदारी पश्चात दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने विश्वास परिसंघले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*