आइएमई लाइफले दियो बीमितको परिवारलाई १४ लाख रुपैयाँ

१३ आश्विन २०७८, बुधबार १८:०४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित नन्द कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

जिल्ला झापा शिवसताक्षि नगरपालिका वडा न. ११, निबासी बीमित कार्कीले करिब ३ वर्ष अघि उक्त कम्पनीको शाखामा वैदेशिक रोजगारीमा जानको लागि म्यादी बीमा गराएका थिए । उनको गत जेठ २१ गते मलेसियामा नै असामायिक निधन भएको थियो ।

बीमित कार्कीको परिवारले कागजात उपलब्ध गराएको ७ दिनभित्रमा नै असोज १३ गतेका दिन बीमित कार्कीकी श्रीमति कान्ति भट्टराई (निर्मला)लाई उनकै घरमा गई बीमा वापतको १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीका प्रदेश नं. १ का प्रमुख मिलन दाहाल र दमक शाखाका प्रमुख देवेन्द्र कोइरालाले हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*