बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन

१३ आश्विन २०७८, बुधबार १७:५७

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १ लाख २५ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*