सानिमा लाइफद्धारा ४१ लाख ३२ हजार बीमा दाबी भुक्तानी

१३ आश्विन २०७८, बुधबार १६:३४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले दुई बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका इलाम नगरपालिका मनिषा तामाङ र आत्महत्या गरेर मृत्यु भएका सोही नगरपालिकाकै कपिल मल्लको दुई जनाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक मल्लकी श्रीमति रेञ्जु डोमलाई २० लाख ४२ हजार ६ सय ६६ रुपैयाँ बराबरको चेक र बीमित मनिषा तामाङका श्रीमान कुमार तामाङलाई २० लाख ९० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरी सोही रकम प्रदान गरेको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवालको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*