नेप्से ५० अंकले बढ्दा सबै समूहमा हरियाली छायो, कारोबार ५ अर्बमा सिमित

१३ आश्विन २०७८, बुधबार १५:३९

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । ३ दिन सम्म लगातार उच्च अंकको गिरावट आएको नेप्से परिसूचक आज ५० दशमलव ५८ अंकले बृद्धि भई २६६५.९४ विन्दुमा कायम भएको छ ।

आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच  हुँदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै हरियाली छाएको छ । सर्वाधिक रुपैयाँका आधारमा निर्जीवन बीमा समूहको २५५.६६ रुपैयाँले बढेको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख माथिको कारोबार भएको हो । त्यस्तै, आज अपि पावर, ग्रिन डभेलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र युनाइटेड इदि मार्दीको शेयरमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*