सुन तोलामा ३ सयले घट्यो, प्रतितोला कति ?

१२ आश्विन २०७८, मंगलवार ११:३८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सयले घटेको छ । हिजो ३ सयले बढेको सुन आज सोहि मूल्यले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार र तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने छापावाला सुनकोे मूल्य ८९ हजार ३ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार १६० रुपैयामा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*