कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा

१२ आश्विन २०७८, मंगलवार ११:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित २.६७ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्तापूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजारको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामि साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।

अघिल्लो आर्थिक बर्षमा बैंकले १०.८५ प्रतिशत बोनश शेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*