२५% लाभांश वितरणका लागि सिबिआई एल क्यापिटलले डाक्यो सभा, बुकक्लोज कहिले ?

१२ आश्विन २०७८, मंगलवार ११:३०

काठमाडौं । सिबिआई एल क्यापिटलकोे १५ औं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले सभा कात्र्तिक ५ गते रजिष्टार्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो ।

भदौ ३० गते बसेको संचालक समितिको बैंठकले चुक्तापूँजीको २५ प्रतिशतका दरले हुन आउने ५ करोड नगद लाभाशं वितरण गर्ने प्रंस्ताव पारित गर्ने गर्नेछ ।

त्यस्तै, गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथिको छलफल गरि पारित गर्ने र लेखा परीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण समेत गर्नेछ ।

क्यापिटलले लाभांश र साधारण सभा प्रयोजनका लागि असोज २० गते बुक क्लोज गर्ने भएकाले असोज १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*